Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

हमास आक्रमणमा मारिएका नेपालीका परिवारलाई आजीवन भत्ता

Reporter

इजरायलमा गत अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीहरुको परिवारले इजरायल सरकारबाट आजीवन भत्ता पाउने भएका छन्।

विद्रोही हमासको आक्रमणबाट इजरायलमा कृषि पढ्न गएका विद्यार्थीहरुको मृत्यु भएको थियो। मृत्यु हुनेहहरुमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी छन्। उनीहरुको परिवारले आजीवन भत्ता पाउनेछन्।

यसैगरी हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारले निर्णय गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको