Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले

Reporter

चार रुपैयाँमा केश काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । बिहीबार एक कार्यक्रमबीच सलूनले चौथो वार्षिकोत्सव मनाएको हो । सलूनका सञ्चालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा, बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा व्यक्त गर्नुभयो । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष भट्टराईले शुभकामना दिँदै सञ्चालक गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सो अवसरमा कलाकार हरि निरौला ‘कक्रोज’ले सञ्चालक गौतमको मिहिनेत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै चर्चा गर्नुभयो । कलाकार दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, सुबोध गौतम ‘एकदुमे’, भरतमणि पौडेल, सुरक्षा इटानी, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सञ्चालक गौतमले आफू ड्राइभर बन्न काठमाडौँ आएको बताउदै बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलून स्थपना कालदेखी हालसम्मको संघर्षको कथा सुनाउनुभएको थियो । कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी एवं विशिष्ट व्यक्तिहरूको उपस्थिती थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको