Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

सुन तस्करी प्रकरणमा मेरो नाम जोडेर तथ्यहीन, भ्रमपूर्ण अफवाह फैलाईयो :पूर्व महानिरीक्षक खनाल

Reporter

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कान्तिपुर दैनिकले आफूलाई सुन तस्करी प्रकरणमा अनावश्यक रुपमा नाम जोडेर समाचार लेखेको भन्दै मानहानीको मुद्दा हाल्ने बताएका छन् । उनले आफूले देश र जनताको लागि ३० वर्षे प्रहरी करियरमा राम्रोमात्रै काम गरेको बताए । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै खनालले न्यायिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गलत समाचार लेखेको भन्दै दुःखेसो पोखे । उनले कान्तिपुरको भ्रमपूर्ण समाचारले आफूमाथि मानसिक दबाब र मानवअधिकारको पनि हनन भएको दाबी गरे ।
उनले आफूसँग नाम जोडिएका व्यक्ति जीवन चलाउनेलाई आफूले नचिनेको पनि स्पष्ट पारे । उनले भने,‘न मैले चलाउने भन्नेलाई चिनेछु, म सक्याउनेलाई नै चिनेछु । प्रमाणहरु छन् भने अनसुन्धान गर्नुहोस । ३० वर्ष प्रहरी सेवामा निष्ठापूर्वक काम गरेको छु । देशप्रति र नागरिकप्रति त्यही सोच र विचार छ । किन यसरी प्रहार हुन्छ ?’
उनले आफूले कान्तिपुर दैनिकलाई माओवादी द्धन्द्धको बेलामा पनि प्रोटेक्ट गरेको विगत स्मरण गराए । उनले भने,‘२०६३ सालमा कान्तिपुरमा एट्याक भयो । मैले प्रेस फ्रिडमको पक्षमा लडें । प्रेसलाई सुरक्षित गर्नुपर्छ भनेको हो नि। मैले त त्यतिबेला कान्तिपुरको वितरणमा समेत सहयोग गरें । म आईजी हुँदापनि कान्तिपुरले गलत समाचार छाप्यो । मैले गलत समाचार किन छापेको भनेर सुधिर शर्मालाई भनेको थिएँ । उहाँले गल्ती भयो भनेर खण्डनको लागि भन्नुभएको थियो । तर, मैले खण्डनभन्दा पनि रिपोर्ट प्रकाशन गर्दा गल्ती भयो भनेर लेख्नुहोस भनेको थिएँ ।’
उनले आफूलाई सांसद अपहरण गर्यो भनेर बद्नाम गरिएकोमा आपत्ति जनाए । उनले भने,‘बर्दिवासबाट सांसद अपहरण भयो भनेर कुरा आयो । अपहरित हुने मान्छे यहाँ मन्त्री बन्छ र ? खुशीको साथ आएको थियो । ममाथि प्रहार भयो । त्यतिवेला झुठा उजुरी भनेर दर्ता पनि भएन । बाबुराम भट्टराईहरु निवेदन लिएर ठाउँ ठाउँमा चाहार्नुभयो । अपहरणमा संलग्न भएको भनेर फोटोसहित राखे । सिसिटिभी फुटेज सबै छ । होईन भनेर मैले सार्वजनिक रुपमा राखेको छु । सरकारी वकिलको कार्यालयले पनि अपहरण भनेन । मैले यो कुरा पनि बुझेको छैन् ।’

उनले कान्तिपुर दैनिकमा आफ्नो नाम र फोटो जोडेर सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरामा ल्याईन भनेर लेखिएको समाचारमा आपत्ति जनाए । उनले भने,‘एमालेले माग गरेको कारण न्यायिक आयोग गठन भयो । आयोगमा स्वतन्त्र रुपमा सबैतर्फका विज्ञ बसेर काम भयो । अनुसन्धान पनि दुई पटक म्याद थप भएर सम्पन्न भएको हो । अब केही देखिएन । मैले के गर्ने ? म अपराधी बनेर बस्दिनुपर्ने कान्तिपरलाई राम्रो बन्न ? उहाँहरुलाई चित्त बुझ्नको लागि ।’
उनले आफू छोरीहरुको अध्ययनको लागि अमेरिका पुग्दापनि भाग्यो भनेर समाचार आएकोमा आपत्ति जनाए । उनले भने,‘म अमेरिका गएँ, छोरीहरु एउटा डाक्टर, अर्को वकिल पढाउनको लागि गएको थिएँ । टिकट अलिक महँगो भएर बसाई लम्बिएको बेला सर्वेन्द्र त भाग्यो अरे भनेर समाचार आयो, यहीँ डाका, तस्कार, फटाहा, चोर अपराधीलाई ठाउँको ठाउँ कारबाही गरेको सर्वेन्द्र यो देश छोडेर भाग्छ ? मैले त्यतिवेला टिकट प्रि–पोण्ड गरेर काठमाडौं आएँ ।’
उनले आफू आईजिपी हुँदा तस्करी नियन्त्रण गरेको भनेर पुरस्कृत भएको पनि स्मरण गराए । उनले भने,‘तस्करी नियन्त्रण गरेको भनेर म पुरस्कृति भएको छु । कोही कसैसँग चिया खाएको छैन् । केही लिएको छैन् । अनि मलाई तस्करसँग जोडाउन किन लालायित हुन्छ ?’
आफूले एमालेका नेताहरु कसैलाई पनि आफूमाथि अनुसन्धान नगर भनेर नभनेको जिकिर गरे । यदि आफूले कसैलाई भनेको भए प्रमाणित गर्न पनि उनले चूनौति दिए । उनले कान्तिपुरको समाचारविरुद्ध आफूले प्रेस काउन्सिलमा उजुरी पनि दिएको सुनाए ।

उनले भने,‘सम्बन्धित ठाउँमा मानहानीको मुद्दा दर्ता पनि गर्नेछु । यो देश सिमित मान्छेहरुको हातमा छ । जसले केही गर्न खोज्यो, त्यसलाई प्रहार गरिन खोजियो । बालुवाटार जग्गा घोटालाा काण्ड पूर्व प्रधानमन्त्रीहरुको पनि नाम किटान गरेर सिआईबीमार्फत गृहसचिवलाई प्रतिवेदन बुझाएको व्यक्ति हुँ ।’
आफूले यो प्रकरणमा सिआईबीदेखि कसैसँग पनि केही नभनेको खनालको जिकिर छ ।

उनले अहिले सुन तस्करी प्रकणमा गठित छानबिन आयोगले बुझाएको प्रतिवेदनमा भएका सबैलाई कारबाही गर्नुपर्ने माग गरे । उनले भने,‘तिनीहरुलाई कारबाही नगरिए बाटोमा लतारिएर कारबाही गर्नुपर्छ । दिस ईज टु मच ।’ उनले अब आयोगको प्रतिवेदन आईसकेपछि दोषीहरुलाई कारबाही गर्न गृहमन्त्रीलाई अब के सोधिरहनुपर्छ र ? भन्दै फटाफट काम गर्न सुझाव दिए । उनले भने,‘ममाथि गम्भीर लाञ्छना लाग्यो । यो तथ्यहीन, भ्रमपूर्ण र हुँदै नभएको कथाहरु बुनेर कान्तिपुर दैनिकले समाचार सम्प्रेषण गरेको छ । यसको मैले घोर भत्र्सना गरेको छु ।’

nepalmother.com


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको