
भारतमा अप्रिल १९ बाट लोकसभा चुनाव हुने भएको छ। भारतको निर्वाचन आयोगले लोकसभा निर्वाचन सात चरणमा हुने जनाएको छ।
आयोगका अनुसार पहिलो चरणको मतदान अप्रिल १९ मा हुनेछ भने दोस्रो चरण अप्रिल २६, तेस्रो चरण मे ७, चौथो चरण मे १३, पाँचौ चरण मे २९, छैठौं चरण मे २५ र अन्तिम चरणको मतदान जुन १मा हुने छ।
सातै चरणको मतदान सकिएपछि मतगणना सुरु हुने आयोगले जनाएको छ। मतगणा जुन ४ बाट सुरु हुने तालिका आयोगको छ।
५४३ सिटका लागि लोकसभा निर्वाचन हुन लागेको हो। पहिलो चरणमा १ सय २, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौंमा ४९, छैठौंमा ५७ र सातौं चरणमा ५७ सिटका लागि मतदान हुने छ।
लोकसभा चुनावसँगै आन्ध्र प्रदेश, उडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाव पनि हुँदैछ।

लोकप्रिय समाचार