Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

मंगलबार नेप्से परिसूचक शून्य दशमलव ९३ प्रतिशत बृद्दि

admin

nepal stock exchange

नेप्से परिसूचकमा मंगलबार शून्य दशमलव ९३ प्रतिशत बृद्दि भएर बन्द भएको छ । नेप्से बिस्तारै उकालो लागे पनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा निकै घटेको छ । बजार निरन्तर ओरालो लागेर निराश भएका लगानीकर्ता मंगलबार भने बजार बढेपछि उत्साहित देखिएका छन् । वाणिज्य बैंकहरूले धमाधम लाभांश बाड्ने घोषणा गर्न थालेपछि लगानीकर्ता सो तर्फ आकर्षित भएका देखिन्छन ।

निरन्तर बजार ओरालो लागेपछि कम्पनीहरूको सेयरमूल्य पनि निकै सस्तिएको हो। लाभांश संकलन गर्ने समयमा सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर खरिद गर्न लगानीकर्ताहरु बजार प्रवेश गरेका कारण बजार एकाएक बढेको एक ब्रोकरले जनाए । आकर्षक लाभांश घोषणा गरेका बिभिन्न कम्पनीको बुक क्लोज मिति नजिकिएका कारण पनि बजार केही दिन देखि प्रभावित हुदै आएको देखिन्छ । अबका केही दिनमा लगानी बजारले सकारात्मक गति लिने लगानीकर्ताको अपेक्षा छ । लगानी बजार खुलेको पहिलो एक घन्टा करिब स्थिर रहेको नेप्से परिसुचक त्यसपछि भने एकाएक बढ्न थालेको थियो । मध्याह्नपछि पुनः स्थिरजस्तै रहेकोको लगानी बजार अन्तिम समयमा ५ अंक बढेर बन्द भयो ।

नेप्से परिसूचक मंगलवार १० दशमलव ५२ अंक बढेर १ हजार १ सय ४२ दशमलव ५२ विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ७४ अंक बढेर २ सय ४३ विन्दुमा पुग्यो । मंगलवार १ सय ६१ कम्पनीको ४ हजार ९१ पटकको कारोबारमा ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाँबराबरको १२ लाख २२ हजार १ सय ४४ कित्ता सेयर खरिदबिक्री भयो ।

नेप्सेको १४ दिने आरएसआई मंगलवार २९ दशमलव १८ स्केलमा पुगेको छ । लगानी बजार बढे पनि नेप्सेको आरएसआई ओभरसोल्ड जोनमा नै रहि रहनुले बजारमा सेयर बिक्री चाप बढी रहेको संकेत गर्दछ । मंगलवार धेरै रकम बराबरको सेयर कारोबार हुने १० कम्पनीमा वाणिज्य बैंकको बाहुल्यता रह्यो । मंगलवार धेरै कारोबार रकमको सेयर खरिद–बिक्री भएका १० कम्पनीमध्ये ९ वाणिज्य बैंक रहेका छन् ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन पनि नेपाल बैंक लिमिटेड अह्र स्थानमा छ । सो वाणिज्य बैंकको ११ करोड ४२ लाख ८८ हजार रुपैयाँबराबरको ३ लाख ८९ हजार ४ सय ६९ कित्ता सेयर खरिद–बिक्री भयो । सेयर संख्याका आधारमा भने मंगलवार ग्लोबल आइएमई बैंक लिमिटेड अग्र स्थानमा छ । सो वाणिज्य बैंकको २ सय ५७ पटकको कारोबारमा ३ करोड ३७ लाख ४५ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो । बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता सोतर्फ आकर्षित भएका देखिन्छन ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य मंगलवार ९ दशमलव ९७ प्रतिशत बृद्दि भएको छ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य पनि ९ दशमलव ९१ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६१ कम्पनीमध्ये मंगलवार ९० कम्पनीको सेयरमूल्य बृद्दि भयो भने ४४ कम्पनीको सेयरमूल्य घट्यो । बाँकी २७ कम्पनीको सेयरमूल्य मंगलवार स्थिर रहे ।

मंगलवार कारोबारमा आएका व्यापार र होटेल समूहबाहेक अरू सबै समूहको परिसूचक बृद्दि भएको छ । अन्य समूहको परिसूचक भने सावधिक २ दशमलव ५८ प्रतिशत बृद्दि भएको छ । त्यस्तै, विकास बैंक समूहको परिसूचक २ दशमलव २३ प्रतिशत, वाणिज्य बैंक समूह तर्फको शून्य दशमलव ७३ प्रतिशत, जलविद्युत् तर्फको शून्य दशमलव ६४ प्रतिशत, लघुवित्त तर्फको शून्य दशमलव ५८ प्रतिशत, वित्त तर्फको शून्य दशमलव ४३ प्रतिशत, जीवन बिमा तर्फको शून्य दशमलव ४ प्रतिशत र निर्जीवन बिमा तर्फको शून्य दशमलव ३ प्रतिशत बढेको छ । होटेल तर्फको परिसूचक यस दिन शून्य दशमलव २२ प्रतिशत र व्यापार तर्फको शून्य दशमलव २१ प्रतिशत घटेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको