
बर्दिया, मंसिर-१९ ।
बर्दिया जिल्लको मधुवन नगरपालिका- ७ बाट ब्राउन सुगर सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बहराईच जिल्ला मोतिपुर थाना मिहपुरुवाका २५ वर्षीय विमलेश कुमार हरजनलाई लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
शंकास्पद रुपमा हिँडिरहेकोआवस्ठा्मा हरजनको तलासी लिदा ३० ग्राम ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जनाए । उनका अनुसार बरामद ब्राउन सुगरको बजार मूल्य लगभग दुई लाख पर्न जान्छ ।

लोकप्रिय समाचार