Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

स्वरसम्राट नारायणगोपालको २८औं स्मृति दिवसको अवसरमा राजधानीमा विभिन्न कार्यक्रम

admin

narayan gopal guruvacharya

काठमाडौं, मंसिर-१९ ।
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २८औं स्मृति दिवस बुधबार राजधानीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नारायणगोपाल संगीत कोषले बुधबार राजधानीमा आयोजना गरेको स्मृति दिवसमा संगीत क्षेत्रमा विशेष योगदान पुर्‍याउने ६ जना स्रष्टाहरुलाई नगद पुरस्कारसहित नारायणगोपाल विशेष सम्मान प्रदान गरीएको छ ।

सम्मानित हुनेहरुमा गायक तथा संगीतकार कर्म योञ्जन, गीतकार नीर शाह, दीर्घसिंह बम, विश्वम्भर प्याकुरेल, राजेन्द्र रिजाल र दिनेश अधिकारी छन् ।

सम्मानित स्रष्टाहरुले नारायणगोपालले नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानकाबारेमा चर्चा गर्दै उनलाई राष्ट्रिय विभूतिको सूचीमा राख्न सरकारसित अपिल समेत गरेका थिए ।

कार्यक्रममा सहभागीहरु अन्यले नारायणगोपाल नेपालीको ढुकढुकीमा बाँचीरहने एक अदभूत प्रतिभा रहेको जनाए ।

कार्यक्रममा विभिन्न कलाकारहरुले नारायणगोपालले गाएका गीतको सांगीतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

नारायणगोपाल संगीत कोषले ६ करोड रुपैयाँको लागतमा चाँडै नै गीत–गंगा नामक हल निर्माण गर्ने समेत बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको