रामेछापको दोरम्बामा ३ नं. प्रदेशका १३ जिल्लाका महिला ११५ र पुरुष १९० जना गरि ३०५ खेलाडीहरु बिच कराते खेलकाे महाभिडन्त हुने भएको छ । गाउँपालिका उपाध्यक्ष कप प्रदेश स्तरिय वादो कराते प्रतियोगितामा २७ स्वर्णकाे लागि प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाई पदक प्रदान गरिनुका साथै प्रतियाेगिता भरिकै सर्वाेत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई सर्वाेत्कृष्ट खेलाडीकाे रुपमा पुरुस्कृत गरिनेछ । साथै प्रतियोगितामा सर्वाधिक पदक जित्न सफल जिल्लाहरुलाई पदककाे अाधारमा टिम प्रथम, द्वितीय र तृतीय च्याम्पियन घाेषणा गरिने छ । विश्व कराते महासंघको नियमानुसार खेलाईने र अफिसियल कराते खेलका खेलाडीहरुले सहभागीता जनाउने प्रतियोगितामा कराते खेलकाे विविध डेमाेन्ष्ट्रेशन, खेल प्रदर्शनीहरु साथै ख्याति प्राप्त चर्चित कलाकारहरुकाे बेजाेट प्रस्तुतिहरु समेत हुने भएको छ । प्रतियोगिता दाेरम्बा गाउपालिकाकाे अायाेजनामा र अाई.डब्लु. एफ्.एन्. कराते डाे संघ रामेछाप जिल्ला डाेजाेकाे सह अायाेजनामा यही मंसिर २९ र पौष १ श्री कण्ठेश्वर उ.मा.बि. को प्राङ्गण टोकरपुर, दाेरम्बा, रामेछापमा हुने भएको छ। साथै खेलकुद क्षेत्रमा राष्ट्रकाे लागि अतुलनिय योगदान गर्नहुने व्यक्तित्वहरूको सम्मान कार्यक्रम समेत रहेको प्रतियोगिता मुल अायाेजक समितिका संयाेजक ज्ञान बहादर थापामगरले बताउनु भयाे /