Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ सुरु

Reporter

विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ थालेको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो ।
बिहीबार परीक्षणका रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी आइतबारदेखि नियमित रुपमा अघि बढ्नेछ । अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।
विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालयलाई पनि कार्यालयबाट बहस गर्न सकिने भनी पत्र पठाएको छ ।

एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइनबाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न अनुकुल हुनेगरी इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ । विशेष अदालतले सुरु गरेको अनलाइन बहस अहिलेका लागि ऐच्छिक हो । कानुन व्यवसायीहरुले चाहेमा मात्रै अदालतले उनीहरुलाई अनलाइन बहसको सुविधा दिने गरेको छ । अदालतमै उपस्थित हुन चाहने कानुन व्यवसायीले यसअघिकै प्रक्रिया अनुसार इजलासमा उपस्थित भएर बहस गर्न सक्नेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको