Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ सुरु

Reporter

विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ थालेको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो ।
बिहीबार परीक्षणका रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी आइतबारदेखि नियमित रुपमा अघि बढ्नेछ । अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।
विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालयलाई पनि कार्यालयबाट बहस गर्न सकिने भनी पत्र पठाएको छ ।

एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइनबाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न अनुकुल हुनेगरी इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ । विशेष अदालतले सुरु गरेको अनलाइन बहस अहिलेका लागि ऐच्छिक हो । कानुन व्यवसायीहरुले चाहेमा मात्रै अदालतले उनीहरुलाई अनलाइन बहसको सुविधा दिने गरेको छ । अदालतमै उपस्थित हुन चाहने कानुन व्यवसायीले यसअघिकै प्रक्रिया अनुसार इजलासमा उपस्थित भएर बहस गर्न सक्नेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको