Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको तयारी पूरा, विदेशी खेलाडीहरु नेपाल आउने क्रम जारी

admin

Everest premier league

काठमाडौं,मंसिर-२०।
एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण काठमाडौंमा शनिवार देखि सुरु हुँदैछ ।

लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । शनिवार हुने उद्घाटन खेलमा ललितपूर प्याट्रिएट्सले विराटनगर वारियर्ससँग भिड्ने छ ।

यसपटक पनि लिगमा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यी ६ टोलीहरुमा काठमाडौं किङ्ग्स, ललितपूर प्याट्रिएट्स, पोखरा राईनोज, चितवन टाईगर्स, भैरहवा ग्ल्याडिएटर्स र विराटनगर वारियर्स छन् ।

ईपिएल क्रिकेटमा सहभागि हरेक टोलीमा तिन जना विदेशी खेलाडी समावेश अनिवार्य गरिएको छ ।

यसपटक ईपिएलकै लागि आयरल्याण्डका केभिन ओब्रायन, हङकङका बाबर हयात र अंशुमान राथ, युएईका रोहन मुस्तफा, भारतका गौरब तमोर र सन्नी पटेल, नेदरल्याण्ड्सका रायन टेन डोच्टे, स्कटल्याण्डका केली कोट्जर, दक्षिण अफ्रिकाका रिचार्ड लेभी लगायतका विश्वस्तरिय खेलाडी काठमाडौं आउँदैछन् ।

टेस्ट तथा एक दिवसिय क्रिकेटमा समेत बर्चश्व बनाईसकेका यी खेलाडीहरुको आगमनले इपिएल क्रिकेटलाई बेग्लै उचाईमा पुर्‍याउने खेलाडी तथा खेलप्रेमीहरुको विश्वास रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको