Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

Reporter

संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिंगर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम २०८१ भदौ ८ गते हुनेछ।

प्रतिष्पर्धामा रहेका विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त…’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्।

‘अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु। मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु’, अधिकारीले भने, ‘एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु।’

गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा छन्। विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन  सकिने जनाइएको छ। उक्त मतका आधारमा वैशाख २० गते उत्कृष्ट २० घोषणा गरिने छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको