Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

Reporter

संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिंगर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम २०८१ भदौ ८ गते हुनेछ।

प्रतिष्पर्धामा रहेका विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त…’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्।

‘अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु। मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु’, अधिकारीले भने, ‘एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु।’

गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा छन्। विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन  सकिने जनाइएको छ। उक्त मतका आधारमा वैशाख २० गते उत्कृष्ट २० घोषणा गरिने छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको