Logo
07 Dec 2024    २२ मंसिर २०८१, शनिबार

ताजा खबर

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक(भिडियो) दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा एनपिएलमा आज दुई खेल हुँदै धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी आइतवारदेखि पाँच प्रदेशका उच्च भूभागमा हिउँ पर्ने, देशैभरी चिसो बढ्ने चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

पशुपति परिसरमा निर्मलाको सम्झनामा शतबीज छरियो

admin

nirmala-panta-satabij

काठमाडौं,मंसिर-२०।

निर्मला हत्या प्रकरणमा नया रहस्य बाहिरियो, सामूहिक बलात्कार भएको आशंका
आज पशुपति क्षेत्रमा ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान्ताहरुले निर्मलाको नाममा शतबीज छरेका छन् । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशीको दिन आज बिहान उनीहरुले निर्मलाको सम्झनामा पशुपति परिसरमा शतबीज छरेका हुन् ।

निर्मलाको सम्झनामा निधारमा ‘म पनि निर्मला’ लेखेको पट्टी बाँधेर अनि ‘सरकार भेटियो न्याय भेटिएन’ पोष्टर छात्तिमा टाँसेर सतबीज छरिएको अभियान्ताहरुले जनाए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्या भएको चार महिना पूरा पुग्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना बढ्दै गएको छ । दोषीलाई सार्वजनिक गर्न माग गर्दै देशव्यापी रुपमा “निर्मलाका निम्ती न्याय” अभियान नै सन्चालन भई रहेको छ ।

आजको दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शिव मन्दिरमा शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको