Logo
30 Apr 2024    १८ बैशाख २०८१, मंगलवार

ताजा खबर

सिके राउतको रवि लामिछानेलाई सुझाव- बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला इलाम- २ को हारपछि रास्वपाले भन्यो- सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ ! त्रिभुवन अन्तराष्टिय विमानस्थल एयरपोर्टमा एडुरोम सेवा सुरु दुईटा नागरिकता लिएको छैन : कैलाश सिरोहिया चीनसँगका १४ नाका चाँडै सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ

गायिका सुजाता केसीको ‘आलु तामाले’ सार्वजनिक (भिडियो)

Reporter

गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् ।

गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ ।  डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।

सुशिल शर्माको निर्माण रहेको  भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको