Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

इलाममा मदिरा बिक्री–वितरणमा रोक

Reporter

इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो। जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ।

शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको