Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

‘अब २४ सै घण्टा काठमाडौँ जाग्छ’: प्रमुख कार्यकारी अधिकृत परियार

Reporter

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख  कार्यकारी अधिकृत प्रदीप परियारले महानगर भित्रको सुरक्षामा आम सरकारवालाको दायित्व रहेको बताएका छन् । सो कार्यक्रममा उनले भने, ‘अबदेखि काठमाडौँ २४ घण्टा जाग्छ ‘। शनिबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा बोल्दै परियारले भने, `अब २४ सै घण्टा काठमाडौँ जाग्छ भनी सन्देश दिन यो कार्यक्रमको सुरुवात गर्दै छौँ ।

यो कार्यक्रमले यहाँको आर्थिक विकास र समुन्नतिका लागि महत्त्वपूर्ण अर्थ राख्दछ।´ यस्तै नेपालको नेचर कल्चर र एड्भेन्चरलाई विश्व सामु पुर्याउनको लागि समेत उक्त कार्यक्रमले सहयोग पुर्याउने बताए । नेपाल आउने पर्यटकहरु मध्य ८० प्रतिशतले ठमेल र दरबारमार्गको सेवा सुविधा उपभोग गर्न सक्ने स्पष्ट पारे ।

यो कार्यक्रमबाट सन् २०२३ मा नेपाल भित्रिएका १० लाख १५ हजार पर्यटक मध्य आठ लाखले ठमेल र दरबारमार्ग क्षेत्रको स्वाद चखाउन सकिन्थ्यो भने धारणा व्यक्त गरे । यो कार्यक्रमलाई दीर्घकालीन रुपमा लैजानको लागि सबैको साझा कर्तव्य रहेको बताए । काठमाडौँ महानगर, गृहमन्त्रालय, होटल व्यावसायी सबै मिलेर यहाँको सरसफाइ र सुरक्षालाई ध्यान दिदै पर्यटक प्रति मर्यादित शैली अपनाउन सुझाव दिए ।

विदेश बाट आउने भिसा प्रक्रियालाई सरलीकरण, हस्पिटालिटी क्षेत्रको सुधार र ट्रान्स्पोर्ट सिस्टमलाई सुधारका साथै महानगर भित्रको सरसफाइ र ट्राफिक व्यवस्थापनको क्षेत्रमा आफूहरूले सक्दो प्रयास गरिरहेको बताए । काठमाडौँ भित्रका यस्ता कार्यहरुमा महानगरले दिलो ज्यान दिएर पूर्ण सहयोग गर्ने समेत आश्वासन दिए ।

यसो त परियार महानगरको कर्मचारी मात्र नभएर देशको विकासका लागि सकारात्मक सोच राख्ने उर्जाशिल व्यक्तित्व हुन् । सामाजिक विकासका लागि अग्रसर रहदै मुलक परिवर्तन गर्न पहिला व्यक्ति नै सक्षम र सवल हुनुपर्छ भन्ने मान्यता राख्ने उनी एक कुशल बौद्धिक व्यक्तित्व हुन् ।

मुलुकको आर्थिक सामाजिक सँस्कृतिक र राजनैतिक विकासका लागि बौद्धिक विकास अनिवार्य हुनुपर्छ भन्ने उनी आफै एक दुर द्रष्टा हुन् ।

सवांददाता ;कुर्मराज आचार्य


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको