Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

Reporter

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न : १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन ।

शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको यस जात्रामा हजारौ भक्तालुजनहरुले प्रत्यक्ष दर्शन गरिएको थियो।

शिवपुरी वडा नम्बर १ का वडाध्यक्ष सुकुराम तामाङ सहित स्थानीय सरकारका प्रमुखहरु उपस्थीत भएको यस जात्रामा दर्जनौ झाक्री सुमुहहरु उपस्थीत भएको थियो । पुजा पपश्चात पालिका अध्यक्ष ज्युले मिडियाकर्मीहरुसङ्ग बोल्दै सुरुवाती बर्षदेखी पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालेको जानकारी दिदै गाउँपालिकाको नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गराउन सके यस क्षेत्रको जनताहरुको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुने जानकारी पनी दिए ।

वडाबाट सकेको सहयोग गरेको जानकारी दिदै वडाध्यक्ष सुकुराम तामाङ ज्युले अझै यस ठाउको प्रचार प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने जानकारी दिए। साथै अवको दिनमा प्रदेश तथा केन्द्रको बजेट हालेर अझै ब्यवस्थीत बनाउनेमा पहल गर्ने जानकारी पनि दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको