Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

आतंकवादी समूह तालिवानीको चेतावनीपछि ‘लिटिल मेसी’को परिवारले देश छाड्यो

admin

little messi

काठमाडौं, मंसिर- २१ ।
आतंकवादी समूह तालिवानीको चेतावनीपछि अफगानिस्तानमा ‘लिटिल मेसी’को नामले परिचित मुर्जता अहमेदीको परिवारले आफ्नो देश छाडेको छन ।

तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि उनिहरु देश छोड्न विवश भएका हुन ।

सन् २०१६ मा मेसीको नाम र नम्बर लेखिएको प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी धेरै नै चर्चामा आएका थिए ।

७ वर्षका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण आफूहरु गाउँमा सुरक्षित रहन नसकेको जनाएका छन् । जसका कारण उनीहरु त्यो ठाँउमा नै प्रतिबन्धित हुनसक्ने अवस्था आएको जनाए ।

सन् २०१६ मा उनीहरु पाकिस्तानमा केही समय सम्म शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु फेरि स्वदेश फर्किएका थिए ।

आफ्नो ड्रिम हिरोको रुपमा लिने मेस्सिको नामको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तराष्ट्रिय स्तरमा नै भाइरल भएका थिए ।

जसका कारण पछि उनले मेसीलाई पनि भेट्ने सौभाग्य जुर्यो । सामाजिक सन्जालमा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट समेत पठाएका थिए ।

त्यस लगत्तै कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समाएर उनी मैदानमा हिँडेको तस्वीर समेत सामाजिक सन्जालमा निकै भाईरल भएको थियो ।(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको