Logo
29 Apr 2024    १७ बैशाख २०८१, सोमबार

ताजा खबर

दुईटा नागरिकता लिएको छैन : कैलाश सिरोहिया चीनसँगका १४ नाका चाँडै सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ अखिल (क्रान्तिकारी) नेशनल ल कलेज कमिटीको अध्यक्षमा सुवास अधिकारी झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता उपराष्ट्रपति यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थानद्वारा भेटवार्ता

तीन दिन गड्डाचौकी नाका बन्द हुने

Reporter

कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

‘उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ ।’ कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने,’भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।’

मङ्गलबार साँझ ५ः१५ बजेदेखि  मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । ‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रूपमा बन्द रहनेछन् ।’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको  मजिष्ट्रेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको