Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

बाला चतुर्दशीपछि फोहोर र दुर्गन्धित बनेको पशुपतिनाथ मन्दिर सरसफाइमा एकाबिहानै भेटियो साया समूह

admin

saya, सायाः साहित्यिक सपना, सहयोगी भावना समूह

काठमाडौं, मंसिर- २१ ।
सायाः साहित्यिक सपना, सहयोगी भावना समूहले आज बिहान हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरको सरसफाई गरेको छ । हिजो मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशीको दिन पशुपति परिसरमा शतबीज छर्ने क्रममा श्रद्दालु भक्तजनहरुको घुईचो संगै बढेको फोहोर संकलण गर्न बर्दीवाला फौज संगै हातेमालो गर्न बागमती सरसफाईमा विगत ४ वर्षदेखि निरन्तर सरसफाई अभियान्ताहरुसंगै लागेको साया समूह आज एकाबिहानै पशुपति मन्दिर परिसर देखिएको थियो ।

saya sahityik sapanaa sahayogi bhawana

करिव दुई दर्जन भन्दा वढिको सहभागितामा भएको उक्त सरसफाई कार्यक्रममा खेम्स क्लिनिङ, सशत्र प्रहरी वल, नेपाल प्रहरी तथा नेपाल आर्मीको बाक्लो उपस्थिति रहेको थियो । पशुपति मन्दिरको मुल गेट देखि लिएर दाया तर्फको क्षेत्रमा रहेको सम्पूर्ण फोहोर संकलन गरेको कुरा साया सदस्य तथा समाजसेवी कृष्ण सिंखडाले बताउनुभयो ।

सायाः साहित्यिक सपना, सहयोगी भावना समूह

सामाजिक सन्जाल फेसबुक मार्फत जोडिएको साया समुहले विगत लामो समय देखि साहित्यसंगै समाजसेवालाई एकसाथ लिएर अघि बढिरहेको छ । तराई बचाऊ अभियान, धुर्मुस सुन्तली फाउण्डेसनमा श्रमदान, बिभिन्न स्कुलहरुमा पाठ्यसामाग्री वितरण, राजधानी लगायत देशैभरी आकस्मिक अवस्थामा रहेका बिरामिहरुलाई रक्तदानको निम्ति छुट्टै समूह वनाएर सामाजिक कार्य गर्दै आएको तथा राजधानि भित्र खुल्ला रुपमा बिभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आएको कुरा सोहि समूहकी सस्दस्य सिलु थापाले जनाउनुभयो ।

सायाः साहित्यिक सपना, सहयोगी भावना समूह, saya group

सरसफाई पश्चात सफा बनेको पशुपति मन्दिर परिसर

 

सामाजिक सन्जाल लाई विकृति भित्र्याउने थलोको रुपमा बुझिन थालिएको समयमा यो समूहले सामाजिक सन्जालबाट सकारात्मक कार्य पनि गर्न सकिन्छ भन्ने कुराको पुष्टि गरेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको