Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

१२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

Reporter

पोखरा । पोखराको राष्ट्रबैंक चोकमा भएको दुर्घटनामा परी ८ चिनियाँ पर्यटक घाइते भएका छन् ।

विहिबार बिहान पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार ८ चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय  कास्कीले जानकारी दिएको छ । रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र बा१प ८५१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएका थिए ।

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको