Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

सडक भत्काउने तयारी

admin

उपत्यकाका सडक अब नेपाल विद्युत् प्राधिकरणले भत्काउने भएको छ । प्रसारण लाइन भूमिगत गर्न प्राधिकरणले सडक भत्काउन लागेको हो । तर, मूल सडक नभएर पेटी मात्रै भत्काएर विद्युत् लाइन भूमिगत गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्जआसपासका सडक भत्काइनेछ । मेलम्ची खानेपानी आयोजनाको जसरी मूल सडक नभत्काइने उनले बताए ।

विद्युत् लाइन भूमिगत गर्ने योजनाका लागि एसियाली विकास बैंकले १५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । सरकारले आगामी आर्थिक वर्षभित्र उपत्यकाका केही स्थानको प्रसारण लाइन भूमिगत गर्ने योजना बनाएको नयाँ पत्रिकामा खबर छ । प्रसारण लाइन भूमिगत गर्ने क्रममा कमभन्दा कम सडक भत्काउन सडक विभागसँग समन्वय गरिने प्राधिकरणको भनाइ छ । भत्काइने सडकपेटीको लम्बाइ र विद्युत् प्रसारण लाइन भूमिगत गरिँदा लाग्ने खर्चको विवरण प्राधिकरणले सार्वजनिक गरेको छैन ।

तस्वीर: नयाँ पत्रिका


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको