Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

फेरि बढ्यो सुनको मूल्य मानव अधिकारसहित संसदका २ समितिको बैठक बस्दै प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने

काठमाडौँ आइपुग्यो वेस्ट इन्डिज ए टिम

Reporter

काठमाडौँ । वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको हो ।

दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल टूरमा आएको यो पहिलो पटक हो ।

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम-  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श । प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको