Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

स्‍मृतिमा कमला न्यौपाने कृति लोकार्पण

admin

ललितपुर,  मङ्सिर- शनिबार गोर्खा सर्जक समाजद्वारा प्रकाशित ‘स्‍मृतिमा कमला न्यौपाने’ कृतिको लोकार्पण गरिएको छ ।

स्वर्गिय कमला न्यौपानेको वार्षिक पुण्य तिथीको दोस्रो दिन झम्शीखेल स्थित न्यौपाने निवासमा आयोजित एक कार्यक्रम माझ उक्त कृतिको लोकार्पण स्व. कमलाका श्रीमान साहित्यकार तुलसीप्रसाद न्यौपाने, साबित्री थापा र सुस्मिता अधिकारीले संयुक्त रुपमा गरे । पुस्तक लोकार्पण पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार तुलसीप्रसाद न्यौपानेले पत्नी बियोगको पिडालाई शब्दमा उतार्न जति कठिन भयो-त्यो भन्दा अझ बढता रिक्तताको पिडा जीवन भोगाइमा आफूले महशूस गरेको बताए ।

कार्यक्रममा गोर्खा सर्जक समाजका तर्फबाट बोल्दै प्राध्यापक डा. सिताराम अधिकारीले स्‍मृतिमा कमला न्यौपाने कृति पारिवारिक स्नेहको स्‍मृति पुण्ज रहेको अौल्याउदै उक्त कृतिले नेपाली वाङमय क्षेत्रमा नयाँ आयाम ल्याउन सक्ने पनि बताए ।

कार्यक्रममा कवि तिर्थराज अधिकारी लगायतले मन्तब्य धारणा राखेका थिए ।

प्राध्यापक डा. सिताराम अधिकारीको भूमिका लेखन रहेको पुस्तकार ‘स्‍मृतिमा कमला न्यौपाने’ कृतिमा स्व. कमलाका पति तुलसी न्यौपाने, छोरा दिपक, छोरी सुजता, बुहारी स्मिता, नातीहरु निश्चल र निश्चित न्यौपानेका भावनाहरु समेटिएका छन् । गृहणी जीवन ब्यथित गरेकी कमला न्यौपानेको गत साल कार्तिक ३० गते निधन भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको