Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल

राती अचानक भोक लाग्दा के खाने?

admin

काठमाडौं, मंसिर २३ ।

तपाईलऐ कहिलेकाहीँ घरमै बसिबसि अफिसको काम पनि गर्नुपर्ने हुन्छ । यसका लागि प्रायः सबैलाई रातको समय नै फुर्सदिलो हुने देखिन्छ  । त्यसैले त काम गर्दै गर्दा रातको समयमा अचानक भोक पनि लाग्न सक्छ । यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको त छैन ? छ भने गलत गर्नुभएको छ । किनकि, एक अनुसन्धानबाट रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्ने कुरा बाहिरिएको छ । त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्नुपर्ने उनिहरुले जनाएका छन यो निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा अझ राम्रो हुने उनिहरुको दावी छ ।

हामीले सुत्नुअघि फलफूल खाँदा आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको आवश्यक मात्रा शरीरलाई प्राप्त गर्न सकिन्छ । अस्वस्थकर चिनी र फ्याटयुक्त स्न्याक्सको प्रयोगले स्वास्थ्यमा धेरै नै हानि पुर्याउँछ ।

दैनिक पानी कति पिउ्नु हुन्छ ?
दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि धेरै आवश्यक हुन्छ । एकैपटक बढी पानी पिउने पनि गर्नु हुँदैन । यस्तो गर्दा किड्नीमा असर पर्न सक्ने अनुसन्धानकर्ताहरु बताउछन । तर, केही समयको अन्तरालमा भने पानी पिई रहनुपर्छ ।

पानीको कमीले बेहोस भएमा र त्यस्तो अवस्थामा लामो समयसम्म पानीको कमी हुँदा मानिसको मृत्यु समेत हुन सक्छ ।
शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या बढि देखिन्छ । पानीको कमीले छालासम्बन्धी बिभिन्न रोग पनि देखा पर्छन् । त्यस्तै पानीको समस्याले स्किन एलर्जी, छाला रातो हुनेजस्ता समस्या समेत देखा पर्न सक्छ । पानीको कमीले अनुहारमा दाग आउने समस्या पनि धेरैमा देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको