Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

“सुपर प्लस साईज मोडल नेपाल,२०१९”को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पुस-७ मा हुने

admin

काठमाडौं, मंसिर २३ ।

राजधानीको वानेश्वरस्थित रोयल एलिनाज बेकरीमा ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को पहिलो अडिसन शनिवार सम्पन्न भएको छ । ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरुको लागि मोडल सङस नेपालले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिताको दोस्रो अडिसन यहि पुस ७ गते हुने जनाइएको छ।

super plus size model nepal

पहिलो चरणको अडिसनमा छुटेकाहरुले  दोस्रो अडिसनमार्फत सहभागी हुन पाउने छन । पहिलो चरणको अडिसन मार्फत १५ जना प्रतिस्पर्धी चयन भएको आयोजक प्रियंका बोथ्राले जानकारी दिइन। यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको समेत बताइन ।

super plus size model nepal

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई पुस ११ गतेवाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, वाल आश्रम , कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न प्रशिक्षण प्रदान गरिने छ ।

super plus size model nepal

प्रतियोगितामा अविवाहित तथा विवाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन् साथै उमेर १६ देखि ४५ बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथि हुनुपर्नेछ l ‘सौन्दर्य प्रतियोगिताले अबिवाहित र पातलो शारिरीक बनावट भएकालाई मात्र स्थान दिदै आएको अवस्थामा हाम्रो उदेश्य शारिरीक रुपमा मोटा र विवाहित महिलालाई पनि मञ्च दिनु हो’,आयोजक संस्थाका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए |

super plus size model nepal

प्रतियोगिताको विजेताले नगद रु.५०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज,२०१९ मा सहभागिता जनाउन पाउनेछन। प्रथम विजेताले रु. ३०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता वर्ल्ड टप प्लस साईज ,२०१९ मा सहभागिता जनाउन पाउनेछन तथा दोश्रो विजेताले रु.२०००० सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले बताएका छन ।

super plus size model nepal


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको