Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

मनिशा लिम्बू र प्रज्वल दाहालको हातमा पर्यो “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी

admin

purwanchal rising model

काठमाडौं, मंसिर २३ ।

थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालले जित्न सफल भएका छन ।
दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन । रोशन लाम्गाडे र राजकुमार राई क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए ।

purwanchal rising model 01

रमेश भट्टराई र चन्दा खड्काले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर दिवश भट्टराई र सजिना श्रेष्ठको एक महिनाभन्दा बढिको प्रशिक्षण पश्चात प्रतिस्पर्धीहरुलाई स्टेजमा उतारिएको थियो । कार्यक्रममा प्रतिस्पर्धीहरुको ड्रेस डिजाईन भने पेजेन्ट नेपालबाट फेसन डिजाईनर ममथा बस्नेतले गरेकि थिईन ।

 

कार्यक्रमको प्रमुख निर्णाकमा मिडिया पर्सन/कलाकार राज लुइँटेल थिए साथै निर्णायकको रुपमा चर्चित कलाकारहरु गायक तथा संगितकार डिजराज पौडेल, नेपालको पहिलो महिला संगितकार रेखा पौडेल, मोडल तथा नायक दिवश धिताल, नायीका नितु कोईराला थिए ।

साथै काठमाडौँ बाट एक दर्जनभन्दा बढिको संख्यामा जानुभएका कलाकारहरु श्री कृष्ण लुईटेल, महादेव त्रिपाठी, डिज राज पौडेल, धुर्व विस्को, दिनेश लामा, जीवन ओडारी लगायतले आफ्नो प्रस्तुती दिएका थिए । बोके दारी र महादेव त्रिपाठीको प्रस्तुतीले कार्यक्रममा अझै रौनकता थपेको थियो साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण एरिना टेलिभिजनले गरेको आयोजक सुजन रिमालले जानकारी गराए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको