Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

विश्व मानवअधिकार दिवस नेपालमा पनि मनाइँदै, प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

admin

काठमाडौं, मंसिर-२४ ।
विश्व मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आज मनाईंदै छ ।

संयुक्त राष्ट्र संघकोमहासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।

महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० को दिन विश्व मानवअधिकार दिवस मनाउने गरिन्छ ।

यसैको अवसरमा विश्व मानवअधिकार दिवसको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको सर्वोच्चताविरुद्ध कुनै पनि प्रकारका गतिविधिप्रति सैह्य नहुने जनाएका छन् ।

मानवअधिकार उल्लंघन हुन नदिन र मानवअधिकार उल्लघंनका दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले पीडितलाई क्षतिपूर्ति र न्याय दिलाउन पनि सरकार त्यत्तिकै सजग रहेको जनाएका छन् ।

मानवअधिकार र संक्रमणकालीन न्यायको विषयलाई सरकारले प्राथमिकतासाथ हेरेको बताउदै प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्यसको निम्ति आवश्यक कानुनी व्यवस्था संशोधनका कार्य अगाडि बढाइने उनको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको