Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

लिंग मर्मतको लागि २० हजार युरो रकम संकलन ….

admin

नर्वेली जनताले लिंगको मर्मत गरी पुनः उठाउन भन्दै २० हजार युरो रकम संकलन गरेका छन् । नर्वेको रोगल्याण्डमा रहेको चर्चित ट्रोल पिकेन अर्थात् लिंगे ढुंगालाई केही उछृंखल व्यक्तिहरुले प्वाल पारेर ढालेपछि उक्त लिंग आकारको ढुंगालाई पुनः ठड्याउनका लागि रकम संकलन गर्ने अभियान सुरु भएको थियो ।

लिंग आकारको उक्त विशाल ढुंगा हालै कसैले ड्रिल गरेर ढालेको अवस्थामा फेला परेको थियो । ढुंगोलाई कसले फेदबाटैै काटेर ढाल्यो भन्नेचाहिँ पत्ता लागेको छैन र अधिकारीहरुले यसको अनुसन्धान सुरु गरेका छन् ।उता उक्त लिंगे ढु्ंगाको मर्मत गरी पुनः ठड्याउने र त्यसलाई पर्यटकीय स्थलको रुपमा स्थापित गर्ने लक्ष्य अभियानकर्मीहरुको छ । उक्त लिंगे ढुंगाको मर्मत गरी त्यसलाई ठड्याउनुका साथै लिंगे ढुंगासम्म पुग्ने बाटो समेत सुधार गरी धेरै भन्दा धेरै मानिसहरुलाई लिंगे ढुंगासम्म पुर्याउने लक्ष्य उनीहरुको छ ।

एजेन्सी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको