Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

हेर्न नमिल्ने सूचीमा पर्यो क्रिकेटर लामिछानेको मुद्दा

Reporter

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतवार पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । क्रिकेटर लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा पर्दै आइरहेको छ । उनको मुद्दाको चाँडो भन्दा चाँडो फैसला नआउँदा उनले टी२० विश्वकपमा सहभागिता जनाउने सम्भावनासमेत क्षीण बन्दै गैरहेको छ ।

अधिकांश क्रिकेटप्रेमीहरु विश्वकपमा सन्दीपले नेपालको प्रतिनिधित्व गरेको हेर्न चाहन्छन् । यद्यपि, उनको मुद्दाको छिनोफानो नहुँदा सन्दीप बिना नै नेपाली टीम विश्वकपको मैदानमा उत्रिन बाध्य हुने विश्लेषण गरिँदैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको