काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो।
नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको वृद्धि र विकास हुने विश्वास लिइएको गीता एभिएसनका महाप्रबन्धक अच्युत गुरागाईंले बताएका छन् ।
गीता एभिएसन पाईलट ट्रेनिङ, क्याबिन ट्रेनिङ र उडान क्षेत्रका सम्पूर्ण ट्रेनिङ गराउने संस्था हो । लामो समयदेखि एभियसन तालिम दिदै आएको गीता एभिएसनको सहकार्यमा शुभम् एभियसनले ईएएसए युरोपीयन स्टैण्डर्डमा नेपालमै पाईलट कोर्ष गराउदै आएको छ ।
गीता एभियसनले हाल नेपालमा संचालित विभिन्न वायु सेवा कम्पनीमा एभियसन सम्बन्धी प्राविधिक ज्ञान तथा एभियसन परामर्श गराउदै आएको छ ।
गीता एभियसनले पाईलट तालीम मात्र नभएर तालिम पश्चात व्यबसायिक उडान पछि गरिने सिमुलेटर तालिम समेत नेपालमै गराउनका लागि आवश्यक पहल शुरु गरिसकेको छ ।
यसका लागि केहि समय अघि संस्थाका प्रमुख क्याप्टेन अधिकारी तथा फ्रान्सका आधिकारीक संस्थासंग सम्झौता भईसकेको छ । व्यबसायिक पाईलटले समेत प्रत्येक ६। ६ महिनामा सिमुलेटर तालिम अनिवार्य गर्नुपर्छ । त्यसका लागि युरोपका विभिन्न देशमा पाईलटहरुलाई पठाईने गरिएकोमा अव केहि समय भित्रै नेपालमै यस किसिमको तालिम गीता एभियसनबाट गराईने भएको छ । यस बाट पनि सिमुलेटर तालिमका लागि विदेशिने करोडौ रुपैया राजश्व स्वदेशमै वचत हुने छ ।
नेपालले आउँदो जुनमा हुने टि ट्वान्टी विश्वकप खेल्दै गर्दा सोमपाल दुवैपटक विश्वकप खेल्ने टोलीका एक मात्र खेलाडी हुन्। नेपाली टोलीले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी् विश्व कप खेलेको थियो । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका सोमपाल यसपटक सबैभन्दा अनुभवी खेलाडीको भूमिकामा रहेका छन् । सोमपाल अहिले पनि टोलीको मुख्य बलरको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।