Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

अस्पतालभित्रै ७६ वर्षीय बृद्धले गरे आत्महत्या

admin

काठमाडौं, मंसिर-२४ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्रै एक वृद्धले आत्महत्या गरेका छन् ।

काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ अस्पताल परिसर भित्र झुण्डिएर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी बिभाग रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जनाए ।

बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् ।

रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ । रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको