Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

नेपाली पार्कर दिनेश सुनारले बनाए १९औं विश्व कीर्तिमान

Reporter

नेपाली पार्कर दिनेश सुनारले १९औं विश्व कीर्तिमान बनाएका छन्।

उनले अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा आयोजित पासपोर्ट डिसी कल्चरल इभेन्टमा ‘द मस्ट ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड विथ ब्लाइन्डफिल्ड’ शीर्षकमा नयाँ विश्व कीर्तिमान बनाएका हुन्।

११ पटक उल्टी हान्दा विश्व कीर्तिमान बन्नेमा उनले ३० सकेन्डमा १३ पटक उल्टी हानेका थिए। यो कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले आधिकारिक मान्यता दिन भने बाँकी छ।

गत शनिबार भएको कार्यक्रममा नेपाली राजदूत श्रीधर खत्री प्रमुख अथिति थिए। पार्कर दिनेशले यसअघि उल्टी हान्ने विभिन्न शीर्षकमा १८ विश्व कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्।  दूतावासमा आयोजित उक्त कार्यक्रमको उद्देश्य नेपालको संस्कृति, नृत्य, खाना, कला र पर्यटन प्रवर्द्धन गर्ने रहेको जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको