Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

नेपाली पार्कर दिनेश सुनारले बनाए १९औं विश्व कीर्तिमान

Reporter

नेपाली पार्कर दिनेश सुनारले १९औं विश्व कीर्तिमान बनाएका छन्।

उनले अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा आयोजित पासपोर्ट डिसी कल्चरल इभेन्टमा ‘द मस्ट ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड विथ ब्लाइन्डफिल्ड’ शीर्षकमा नयाँ विश्व कीर्तिमान बनाएका हुन्।

११ पटक उल्टी हान्दा विश्व कीर्तिमान बन्नेमा उनले ३० सकेन्डमा १३ पटक उल्टी हानेका थिए। यो कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले आधिकारिक मान्यता दिन भने बाँकी छ।

गत शनिबार भएको कार्यक्रममा नेपाली राजदूत श्रीधर खत्री प्रमुख अथिति थिए। पार्कर दिनेशले यसअघि उल्टी हान्ने विभिन्न शीर्षकमा १८ विश्व कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्।  दूतावासमा आयोजित उक्त कार्यक्रमको उद्देश्य नेपालको संस्कृति, नृत्य, खाना, कला र पर्यटन प्रवर्द्धन गर्ने रहेको जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको