Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

कञ्चनपुरमा एक बालकको शव फेला

admin

कञ्चनपुरमा बालकको शव फेला

कञ्चनपुर, मंसिर-२४ ।
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् ।

स्थानीबासी खड्ग बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेका हुन।

बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जनाए ।

विवेकको कानबाट रगत बगेको, औंलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको अवस्थामा शव फेला परेको छ, उनले भने, “शव शङ्कास्पद अवस्थामा फेला परेकाले थप अनुसन्धानको कार्य भइरहेको छ ।”

बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको हो भन्ने बारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको