Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

ईपीइल लिगमा काठमाडौं किङ्सको विजयी सुरुवात, चितवन ६ विकेटले पराजित

admin

काठमाडौं किङ्सको विजयी सुरुवात

काठमाडौं, मंसिर-२४ ।
काठमाडौं किङस इलाभेनले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौंले विजयी सुरुवात गरेको हो ।

टियु क्रिकेट मैदानमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्यो ।

काठमाडौंको जितमा भारतीय खेलाडी सुब्रमनियन आनन्दले १८ बलमा अविजित रहदै ४३ रन जोडे । सुब्रमनियन प्लेयर अफ दि म्याच भए ।

यस्तैमा अमर सिंह रौटेला २१ रनमा अविजित रहे । त्यस्तै काठमाडौंका लागि सागर पुनले ३९ रन जोड्दा नरेश बुढाएरले २२ तथा अमित श्रेष्ठले १८ रन को योगफल जोडे । चितवनकालागि साहब आलमले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुनुपूर्व १६० रनको बनाएको थियो ।

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन जोड्दा पल स्टर्लिङले ३४ रनको जोडे ।

यस्तै सन्दीप सुनारले २५ तथा पृथु बास्कोटा २० रनमा अविजित रहे । काठमाडौंका संसद सेख र प्रदीप साहुले ३ / ३ विकेट लिए ।

जितसंगै काठमाडौंले २ अंक जोड्यो । चितवनले भने लगातार दोस्रो हार ब्योहोर्दा २ खेलबाट कुनैपनि अंक जोड्न सकेको छैन ।

यसअघि आफ्नो पहिलो खेलमा चितवन ललितपुर प्याट्रीयट्ससंग ११ रनले पराजित भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको