Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

वरिष्ठ सौन्दर्यविद सुषमा महरा ‘उत्कृष्ट महिला उद्यमी सम्मान २०८१’ बाट सम्मानित

Reporter

नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ट सौन्दर्यविद् सुषमा महरा उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ सम्मानित भएकी छिन् ।

शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच बरिष्ट सौन्दर्यविद् सुषमा महरालाई सम्मान गर्नु भएको हो।

सामाजिक कार्यमा सक्रिय सम्मानित महरा बरिष्ठ सौन्दर्यविद एवम् उद्यमी व्यवसायी हुनुहुन्छ ।

नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी संचालक तथा प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव महरा पछील्ला केही बर्षहरुदेखी आम रुपमै चर्चाको शिखरमा रहदै आउनुभएको छ ।

जसले व्यवसायिक रुपमा हुँदा खाने देखी हुने खानेसम्म र शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीत संगीत देखी चलचित्रसम्मलाई सेवा प्रवाह गर्दै आउनुभएको छ ।

त्यसो त यस माझमा उहाँले आफनै बलबुतामा फेसियल हाउसलाई बिस्तार गर्दै हालसम्ममा ७ वटा शाखा संजाल खडा गर्नुभएको छ । जुन धेरै महिलाहरुका लागि प्रेरणादायी स्रोत बन्दै आएको पनि छ ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको