Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

नेपाललाई जनमत संग्रह मार्फत हिन्दूराष्ट्र बनाउनुपर्छः काँग्रेस महामन्त्री डा. कोइराला

admin

डा.शशांक कोइराला Dr. shashanka koirala

चितवन, मंसिर-२४ ।

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनमत संग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने जनाएका छन् ।

भरतपुर गणेशधाम निर्माणार्थका आयोजना गरिएको वृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने कुरामा जोड दिएका छन ।

‘मेरो व्यक्तिगत चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गरिनुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्ने बताए ।

नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने जनाए । उनले नेपालमा धर्ममा स्वतन्त्रता पनि हुनुपर्ने तर्क समेत प्रस्तुत गरे ।

मंसिर २२ गतेदेखि सुरु भएको वृहत धनधान्याचल महायज्ञ भने मंसिर २९ गतेसम्म चल्नेछ ।

महायज्ञबाट करिव २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

गणेशधाम निर्माणका लागि करिव ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान प्रारम्भिक अनुमान गरिएको छ ।

गणेशधाम निर्माणका लागि प्रदेश ३ को सरकारले ९० लाख विनियोजन गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको