Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

राप्रपाका केन्द्रिय सदस्य तथा मुस्लिम नेता सलिम खानको निधन

admin

salim khan सलिम खान

काठमाडौं, मंसिर-२४ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम नेता सलिम खान गौसको ह्रदयघातका कारण गएराति निधन निधन भएको छ ।

खान राप्रपाको संस्थापक सदस्य समेत हुन् । तत्कालीन राप्रपा नेपालले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि गरेको चरणबद्ध आन्दोलनमा समेत खानको सक्रियता रहेको थियो ।

राप्रपाको मुस्लिम संगठनका पूर्व अध्यक्ष र सल्लाहकार समेत रहेका खानको पार्थिव शरीरलाई बालाजुस्थित उनकै निवासमा राखिएको छ । राप्रपा नेता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीको झण्डा ओढाएर खानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

खानको आज मुस्लिम परम्परा अनुसार स्वयम्भू मस्जिद परिसरमा अन्तेष्टि गरिने जनाइएको छ । राप्रपा नेता खानका १ श्रीमती र १ छोरी छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको