Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

वैज्ञानिकको अनुसार यसरि हुदै छ पृथ्वी ध्वस्त

admin

 

चर्चित वैज्ञानिक स्टिफन हकिङले पृथ्वीमा जीवनको अस्तित्व ध्वस्त हुने चेतावनी दिएका छन् ।हकिङले पेरिस जलवायु सम्झौताबट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले पृग्वीमा मानव जीवनको अस्तित्व संकटमा पर्ने चेनावनी दिएका हुन् । उनले पृथ्वी शुक्र ग्रहजस्तो तातो हुने भन्दै जिन्दगी समाप्त हुने बताएका हुन् ।

उनले जलवायु परिवर्तनले यति धेर्र असर गर्न जसको भारपाई सम्भव छैन । हकिङले भविष्यमा सवैभन्दा राम्रो लक्ष दोस्रो ग्रहमा जीवनको सम्भावना खोज्ने हुने बताएका छन् ।

आफ्नो ७५ औं जन्मदिनको अवसरमा बीबीसीसँग कुरा गर्दै भने,‘हामी त्यो स्थितिमा पुगेका छौं जहाँबाट ग्लोबल वार्मिङबाट हुने नोक्सनको भर्पाइ सम्भव छैन । ट्रम्पको फैसलाबाट पृथ्वी शुक्र ग्रह बन्ने अवस्थामा पुग्ने छ र पृथ्वीको तपक्रम बढेर सय डिग्री पुग्ने छ र सल्फ्य्ररिक एसिडको वर्ष हुन थाल्ने छ ।’

उनले भने ‘जलवायु परिवर्तन हाम्रो अगाडि एक ठूलो खतरा हो र यसमा काम गरियो भने यसलाई रोक्न सकिन्छ । जलबायु परिवर्तनको परिणामबाट मुख फेरेर र पेरिस जलवायु सम्झौताबाट हात निकाल्दै ट्रम्पले पर्यावरणलाई यस्तो नोक्सन गर्नेछन् जसको कुनै भरपाई छैन । पृथ्वी एकदम राम्रो ग्रह हो, यो कादमले हामी र हाम्रा बालबालिकालाई खतरामा पु-याइदै छ ।’

स्टिफन हकिङ गम्भीरु न्यूरान बीरामीबाट ग्रस्त छन् । यसको कारण उनी हिडडूल गर्न सक्दैनन् भने उनी बोल्न सक्दैनन् ।

व्ल्याक होल र अन्तरिक्षको उत्पत्तिका विषयमा उनको सिद्धान्तले ब्रम्हाण्डको विषयलाई उनले विकसित गरेका छन् ।

बीबीसीसँगको अन्तरवार्तामा उनले ट्रम्पको फैसलाको सन्दर्भमा मानव जातिको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

के हो पेरिस सम्झौता ?

पेरिस जलवायु सम्झौता वायुमण्डलमा कार्बनडाइ अक्साइडका मात्रालाई कम गर्ने एक प्रयास हो तर डढोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति बनेसँगै अमेरिका यस सम्झौताबाट बाहिरिने फैसला गरेका थिए ।

जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसंघको प्यानलमा पनि जलवायु परिवर्तनको सम्भावित खतरालाई लिएर चिन्ता व्यक्त गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको