Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

निर्मला हत्या प्रकरणको सत्य तथ्य तत्काल पत्ता लगाउन प्रहरीलाई सुशासन समितिको निर्देशन

admin

दिगो विकास तथा सुशासन समिति

काठमाडौं, मंसिर-२४ ।
संसदीय समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने हत्यारालाई तत्काल सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले राज्यमामा बढ्दै गएको हत्या, हिंसा, चोरी, डकैत नियन्त्रणका लागि आवश्यक सजकता र सतर्कता अपनाउन समेत ध्यानाकर्षण गराउदै नेपाल प्रहरीलाई सचेत गराएको छ ।

समितिको बैठकमा सदस्यहरुले निर्मला पन्तको हत्यारालाई आजसम्म पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चर्को आलोचना गरेका छन् । जवाफमा बोल्दै प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्याराको खोजी कार्य जारी रहेको जनाए । खनालले घटनालाई प्रभावित तुल्याउने गतिविधि हुन नदिन समेत समितिसँग आग्रह गरे । उनले नेपाल प्रहरीले अनुसन्धानको कार्य आफ्नो क्षमताले भ्याएसम्म इमान्दारिताका साथ जारी राखेको बताए ।

प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्यारालाई जतिसक्दो चाडो कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता समेत समिति समक्ष जाहेर गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको