Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

इटहरीमा फार्म उद्योगमा भीषण आगलागी, करोडौको नोक्सानी

admin

आगलागी

काठमाडौं, मंसिर-२५ ।

सुनसरी, मंसिर-२५ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१० खनारस्थित लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात भीषण आगलागी हुँदा कम्तीमा दुई करोड भन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरण नष्ट भएका छन ।

बिहान करीव ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको समयमा अचानक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उद्योग व्यवासायी भानु टिवडेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत धेरै ठूलो नोक्सानी भएको छ ।

आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेतको उपस्थितिमा आगो नियन्त्रण प्रयास भएको थियो ।

तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्योगको आगो नियन्त्रणमा आइपुगेकाले उद्योगमा धेरै ठूलो नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जनाए ।

उद्योगमा के कारणले आगो लागेको हो भन्ने अहिले सम्म यकिन नभएको उल्लेख गर्दै उहाँले आगलागीबाट भएको नोक्सानीका विषयमा सोधखोज र यकिन तथ्याङ्क लिने कार्य भइरहेको पनि जानकारी दिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको