Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

ईपीएलमा विराटनगरले रोमान्चक जित निकाल्यो, सुपर ओभरमा पोखरा पराजित

admin

EPL cricket-Biratanagar vs Pokhara

काठमाडौं, मंसिर-२५।

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा आज भएको रोमान्चक खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित गर्‍यो ।

खेलको निर्धारित २० ओभरमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगरले ८४ रन मात्रै बनाएपछि स्कोर बरबरी भयो ।

पछि एक ओभरको निर्णायक खेलमा विराटनगरका लागि करण केसीले २० रन जोडे । २१ रनको चुनौती पछ्याएको पोखराले १३ रन मात्रै बनाउन सक्यो ।

जितसँगै विराटनगरले ईपिएल क्रिकेटको अंक तालिकामा २ खेलबाट ४ अंक जोडेको छ । लगातार तिन खेल हारेको पोखरा भने अंकबिहिन अवस्थामा छ ।

ईपिएल क्रिकेटमा आजै हुने दोस्रो खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाईगर्सले सरद भेषावकरको भैरहवा ग्ल्याडिएटर्ससँग खेल्दैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको