Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

व्यवसायसँगै समाजसेवामा निरन्तरता दिदै महेश बुढाथोकी

Reporter

जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई मिहिनेत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै मध्येका एक उदाहरण हुनुहुन्छ महेश बुढाथोकी ।

उहाँले व्यवसायसँगै समाजसेवामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।

त्रिवेणी गाउँपालिका-२ काँरागिठी सल्यानका महेश पेशाले मेडिकल व्यवसायी हुनुहुन्छ । मेडिकल व्यवसाय मानिसको स्वाथ्यसँग जोडिएको व्यवसाय हो ।

मानिसको जीवन रक्षा गर्नु पनि आफैंमा पुण्यको काम हो । यही पेशमा विगत ११ वर्षदेखि आफूलाई संलग्न गराउँदै आउनुभएका महेशको अर्को परिचय भनेको समाजसेवा हो ।

शिक्षा, स्वास्थ्य र बालबालिकाका अधिकारको क्षेत्रमा आफूले सक्दो योगदान पुर्‍याउँदै आउनुभएका महेश सामाजिक कार्य हरेक मानिसको कर्तव्य ठान्नुहुन्छ ।

असहाय वा कुनै पनि किसिमले आर्थिक कमजोर भएका लागि उहाँको सद्भाव र योगदान रहने गर्दछ ।

हरेक मानिसले आफ्नो जीवनमा खुशी चाहन्छ । जीवन सहजहोस् भन्ने चाहन्छ । तर, अरूको खुशीका लागि केही गर्नुपर्छ भन्ने व्यक्ति हाम्रो समाजमा कमै पाइन्छ ।

महेश अरूका खुशीका लागि लागी पर्नुभएको छ ।

देशका विभिन्न ठाउँको यात्रा साथै विदेशको यात्रामा रमाउन चाहने उहाँ विभिन्न कार्यक्रममा केही देशको यात्रा पनि गर्नुभएको छ ।

आफ्नो कममा रमाउँदै समाजसेवामा त्यतिकै सक्रिय रहनुभएका महेश कतिका प्रेरणाका स्रोत हुनुहुन्छ त कतिका लागि आड अनि भरोसा ।

आफ्नो भाषा, साहित्य, कला संस्कृतिको जर्गेना र उत्थानका लागि सबैले आ-आफ्नो स्थानबाट पहल गर्नुपर्ने मन्याता राख्नुहुने उहाँ नेपाली चलचित्रमा हाम्रो मौलिक कला संस्कृति समावेश गर्नुपर्ने बताउनुहुन्छ । हामीले राम्रो चलचित्र बनाउने क्रममा अरूको नक्कल होइन हाम्रा मौलिक कला संस्कृतिलाई उजागर गर्नुपर्ने धारणा राख्नुहुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको