Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

के.पी.ओली नेपाली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री : गगन थापा

admin

Gagan Thapa

उर्लाबारी, मंसिर २६ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको जनाएका छन् ।

नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाको दुईतिहाइको सरकारका बेला समेत पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे ।

थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो कुनै संकेत आजसम्म नदेखिएको बताए ।

उनले सरकारका बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी संगठन सुदृढीकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा बहुमत सहित विजयी हासिल हुनेगरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए । रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको