Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

कपिलवस्तुमा गर्मीले एक जनाको मृत्यु

Reporter

कपिलवस्तुमा अत्यधिक गर्मीले एक जनाको ज्यान गएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका १ कपासीमा एक जनाको ज्यान गएको हो।

ईमिलियाबाट आफ्नो छोरीलाई भेटेर फर्किने क्रममा सन्धिखर्क नगरपालिका ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो। गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न घरबाट निस्किएका थिए। जेठ १७ गते साँझ साढे ६ बजे तिर उहाँ कपसीको कडेँल टोलमा मृत अवस्थामा फेला पर्नुभएको हो।

बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेतका अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिनुभयो। शुक्रबार मात्र उहाँको पहिचान खुलेको थियो।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको बताउनुभयो।

मृतकको शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमार्टमपछि आउने प्रतिवेदनले मृत्युको कारण खुल्ने उहाँको भनाइ छ। मृतकको शरीरको कुनै भागमा चोट छैन। मृतककी छोरी सम्झनाले आफूसँग भेटेर घर फर्किदा बुवाको अवस्था राम्रै रहेको बताउनुभयो।

एक सातायता जिल्लामा अत्यधिक गर्मी बढेको छ। गर्मीका कारण जिल्लाका पालिकाले विद्यालय बिदा गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको