Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

मेकअप आर्टिष्ट चन्द्रकलाको व्यस्तता

Reporter

झापाकी चन्द्रकला भेटवालले मेकअप आर्टमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । आफ्नो सीप क्षमताको कदर गर्दै कडा मिहिनेत र लगनशीलताका साथ लगातार रूपमा मेकअप आर्ट क्षेत्रप्रति समर्पित उहाँ यस क्षेत्रमा आफूलाई अग्रपंतिमा उभ्याउन सफल हुनुहुन्छ । सानैदेखि सिर्जनशील तथा कलात्मक कार्य गर्न रुचाउने चन्द्रकला पछि यही क्षेत्रलाई व्यवसायका रूपमा अंग्लानुभयो । मोफसलमा रहेर पनि आफूलाई केन्द्रसम्म स्थापित गर्नुभएको छ ।

चन्द्रकलाले स्वस्तीमा खड्का, दीपाश्री निरौला, आर्यन सिग्देललगायत थुप्रै कलाकारलाई सिंगार्नु भएको छ । विभिन्न ब्युटिप्याजेन्टमा पनि आफूलाई प्रस्तुत गर्दै आउनुभएकी उहाँ पछिललो समय ब्युटिपर्लरहरूले समाजमा प्रत्यक्ष प्रभाव पारेको बताउनुहुन्छ । यसै क्षेत्रमा लागेर महिलाहरूले आफूलाई सक्षम उद्यमशील बन्ने अवशर प्राप्त गरेको उहाँको बुझाइ छ । ‘स्वाभिमानका साथ थोरै लगानी अनि जुनसुकै ठाउँमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा मानसम्मान पनि त्यतिकै छ । पछिल्लो समय सरकारले तथा विभिन्न संस्थाले ब्युटिपार्लरहरूद्वारा गरिएको तालिमद्वारा महिलालाई प्रोत्साहन गरी स्वावलम्बी तथा आत्मनिर्भर बनाउन ठूलो सहयोग पुर्‍याएको छ’, चन्द्रकला भन्नुहुन्छ ।

ब्युटिसीयन क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र रहेको बताउनुहुने उहाँ शरीरको हरेक अंगलाई कसरी आकर्षक र शुरक्षा राख्ने भन्ने कुराको ज्ञान र सेवा दुवै ब्युटिपार्लरले दिइराखेको सुनाउनुहुन्छ । एउटा ब्युटिसीयनले हरेक व्यक्तिलाई राम्रो अथवा सुन्दर बन्नमात्र नभएर स्किन, हेयर, नेल केयरलगायत पूरा शरीरकै ‘टेक केयर’ गर्ने कुरालाई ध्यान पुर्‍याएको उहाँ बताउनुहुन्छ ।

चन्द्रकलाले यस क्षेत्रअन्तर्गत विभिन्न मेकअप, स्किन, हेयर, नेलर, र विशेष गरेर ब्राइडल मेकअपलाई निरन्तरता दिँदै ठूलो पर्दादेखि सानो पर्दासम्म र टेली सिरीयल, भिडियोहरू साथै विभिन्न संघसंस्था र विशिष्ठ व्यक्तिसँग काम गर्नुभएकी उहाँले यो क्षेत्रमा पु¥याएको योगदानस्वरूप मानसम्मान तथा पुरस्कार प्राप्त गर्न सफल हुनुहुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको