Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

हुवाई कम्पनीकी अधिकृत वाङ्जु १० मिलियन क्यानेडियन डलर धरौटीमा रिहा

admin

काठमाडौं, मंसिर २६ ।

चिनियाँ मोबाइल प्रदायक कम्पनी हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जु धरौटीमा रिहा भएकी छन् ।

क्यानडामा पक्राउ परेकी वाङ्जुलाई त्यहाको स्थानीय अदालतले १० मिलियन क्यानेडियन डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको जनाइएको छ ।

वाङ्जु डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् । उनीमाथि रहेको ठगीको आरोपको सुनुवाइका लागि उनलाई अमेरिकालाई सुम्पिने सम्भावना प्रवल रहेको समेत स्रोतले जनाएको छ ।

हुवाई र स्काइ कमले इरानमा व्यवसाय गर्दा यी दुई कम्पनीबीचको सम्बन्धका बारेमा बिभिन्न गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ ।

अमेरिकाले भने यस अघिदेखि नै हुवाई र स्काइकम सम्बन्धित रहेको जनाइरहेको छ ।

यसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले गर्दा नै उल्लंघन भएको पनि अमेरिकी दाबी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको