Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

ग्लोबल आर्ट,कल्चर एण्ड टुरिज्मको तेश्रो सम्मेलन दुवईमा सम्पन्न,चौथो कतारमा हुने घोषणा

Reporter

दुवई । तेश्रो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिज्म कन्फ्रेन्स युएईको वरदुवई स्थित एसके सेभेनमा भव्य रुपमा सम्पन्न भएको छ ।  दुवईका अध्यागमन हेड शरिफ अलि मुहम्मदको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कन्फ्रेन्समा सहभागी हुन नेपालबाट करिव ५ दर्जन वढि विशिष्ट व्यक्तित्वहरु आईपुगेका थिए । कलाकार,पत्रकार,समाजसेवी,शिक्षाविद्,व्यबसायीहरु लगायत विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्वहरुको वृहत सहभागिता रहेको उक्त कन्फ्रेन्समा दुवईमा रहेका विशिष्ट व्यक्तित्वहरु समाजसेवी एवं व्यबसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

युएईका प्रतिष्ठित व्यबसायी एवं समाजसेवी ठाकुर प्रसाद ढुंगाना,व्यबसायी एवं समाजसेवी मनोज गोर्खाली,वरिष्ठ गायक आनन्द कार्की, साहित्यकार, जे सागर,पत्रकार मुकुन्द ढंगाना,ईनासका हरि मोक्तान लगायतको विशेष उपस्थिती रहेको कार्यक्रम इनास,युएईका अध्यक्ष एमडी बोहोराको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रम आयोजक समिति सदस्य एवं अभिनेता श्रीदेव भट्टराईले स्वागत मन्त्व्य व्यक्त गर्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए । नेपाली कला संस्कृति एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न देशमा आयोजना हुदै आएको उक्त कन्फ्रेन्सले दुवईमा नेपालको पर्यटन र कला संस्कृतिको विकासमा योगदान रहने विभिन्न वक्ताहरुले बताएका थिए । यस किसिमका कार्यक्रमले नेपालमा लगानी भित्राउन समेत मद्दत पुग्ने विश्वास उपस्थित अन्य वक्ताहरुले व्यक्त गरेका थिए । कार्यक्रम आयोजक समिति सदस्य सोनीतराज ढुंगेलले कार्यक्रमको सहजीकरण गरेका थिए भने संचारकर्मी एवं कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष राज लुईटेलले कार्यक्रम व्यबस्थापन गरेका थिए । सम्बन्धित क्षेत्रका विज्ञहरुले आ आफ्नो क्षेत्रका समस्या र समाधानका विषयमाथी वहस गरेका थिए ।

सोही कार्यक्रममा नेपाल तथा दुवईमा रहि आआफ्नो क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु कलाकार एवं निर्देशक पवन खतिवडा बाबा,सगरमाथा आरोही एवं गीतकार पुरुषोत्तम नेपाली(पुरुषोत्तम सानु) ,संचारकर्मी एवं अर्थसन्जालकी सम्पादक श्रृजना वाग्ले,संचारकर्मी तथा अनलाईनपानाका सम्पादक नारायण प्रसाद अधिकारी,ठाडो भाकाकी गायिका राधा भण्डारी , गायिका सीतादेवी दुरा,युवा व्यबसायी विमान कार्की,ईनास युएईका अध्यक्ष एमडी बोहोरा,संचारकर्मी एवं व्यबसायी सुमीत रजक,फेशन डिजाईनर तृष्णा गुरुङ्ग,गायक राजकुमार सुन्दास(राज सागर)अभिनेता रामसिंह तामाङ्ग(प्रवल थिङ्ग) महिला उद्यमी निशा सुवेदी,स्वास्थ्य व्यबसायी गोपाल खड्का, महिला उद्यमी सर्वदा काफ्ले,युवा व्यबसायी विदुर काफ्ले,राजनितिज्ञ उमेश बहादुर न्यौपाने,महिला उद्यमी सरिता श्रेष्ठ भट्टराई,चलचित्र निर्देशक भिम लामा, शिक्षाकर्मी जिवनाथ आचार्य, मोडल सम्झना वुढाथोकी ,निर्देशक एवं कलाकार शिवन पोखरेल,म्यूजिक भिडियो कलाकार संघ,नेपाल, युवा व्यबसायी राजकुमार श्रेष्ठ,मिस गुुरुङ्गकी फस्ट रनरअप निशा गुरुङ्ग,समाजसेवी उर्मिला घलेलाई सम्मान प्रदान गरिएको थियो ।

यसै गरि दुवईमा रहेर नेपालको आर्थिक र सामाजिक विकामा योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरु समेत सम्मानित भएका थिए । सम्मानित हुनेमा व्यवसायी एकेन्द्र थापा,समाजसेवी एसमिन वेगम शाहिद,समाजसेवी पासाङ्ग शेर्पा,समाजसेवी ईश्वर श्रेष्ठ,समाजसेवी मन्जु मल्ललाई समेत सम्मान प्रदान गरिएको थियो ।
यसै गरि सोही कार्यक्रममा अन्जना श्रेष्ठ,वुन्टि शाही खड्गी, कृष्णकुमारी पौडेल,पल्पसा श्रेष्ठ,अनिल शाही,देवेन्द्र बहादुर न्यौपाने,सम्झना मानन्धर,सुष्मा राई,विपशना ताम्राकार,सिमोन श्रेष्ठ,दिपा कर्माचार्य श्रेष्ठ,नम्रता गुरुङ्ग,निशान्त खड्कालाई सम्मान प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा ईनास युएईको तर्फबाट संचारकर्मी राज लुईटेल,नायक श्रीदेव भट्टराई तथा संचारकर्मी एवं ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेललाई विशेष सम्मान प्रदान गरिएको थियो । कन्फ्रेन्स यस अघि पहिलो अजरवैजानको बाकु र दोश्रो श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको थियो ।   कन्फ्रेन्सको चौथो संस्करण कतारको दोहामा आयोजना हुने घोषणा गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको