काठमाडौं, मंसिर २६ ।
भारत उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ बिहान १० बजेर ३० मा जनकपुर आइपुगेका छन् । निजी विमानबाट आदित्यनाथ बुजनकपुर विमानस्थलमा ओर्लिएका हुन् ।
मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई संघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका मन्त्रीहरुले स्वागत गरेका थिए ।
बिवाह पन्चमीको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै जनकपुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । योगीले जनकपुरधामको पूजाअर्चना गरी परिक्रम समेत गरिसकेका छन् ।
योगीको सम्मानमा दिवा भोजमा ५६ प्रकारको व्यन्जनको ब्यवस्था गरिएको छ ।
आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। साथै कार्यक्रमको समाप्तिसंगै योगीको ४ बजे फर्कने कार्यक्रम रहेको छ ।