Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश

Reporter

सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश गरेको छ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न सरकारको नाममा परमादेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

सर्वोच्च अदालतका उपरजिस्टारहरू निराजन शर्मा र निराजन पाण्डे, सर्वोच्च अदालतकै इजलास अधिकृत भेषराज कोइराला र ज्ञानेन्द्र दाहाल, गृह मन्त्रालयमा कार्यरत कानुन अधिकृत ऋषि पौडेल, महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरे, सर्वोच्च अदालतका शाखा अधिकृत वसन्त मैनाली, महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता बाबुराम भट्टराई, लेखा अधिकृत कृष्णप्रसाद पन्थ, सर्वोच्चका लेखा अधिकृत टामलाल अधिकारीसहित विभिन्न कार्यालयमा कार्यरत ३३ जना कर्मचारीले रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमा २०७६ वैशाख १६ गते सरकारले कर्मचारीको मर्यादाक्रम निर्धारण गरेकामा सोअनुसार आफूहरूले तलब नपाएको उल्लेख गरिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको