Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

विराटनगरलाई ४ विकेटले हराउदै दुई खेल अघि नै भैरहवा प्लेअफमा

admin

भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता

काठमाडौं, मंसिर २६ ।

एभरेस्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा भैरहवा ग्याडियटर्स विराटनगरलाई ४ विकेटले हराउदै विजयी भएको छ । जितसंगै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ ।

विराटनगरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
भैरहवा ग्याडियटर्सले टस जित्दै विराटनगरलाई ब्याटिङका निम्ताे दिएपछि विराटनगरले १८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर ९१ बनाएकाे थियाे ।

टिमको जितमा प्रदिपसिंह ऐरीले १० रन, इन्दर सिंहले १२ , रायन टेन्डेसकाटेले २० रन, शरद भेष्वकारले १६ रनको योगदान दिए ।

उता विराटनगरका लागि राेलेफ भान डी मर्वीले सर्वाधिक २५ रन, करण केसीले १८ रन, सुमित माहाराजे १५ रन र हरि चाैहानले १३ रनको योगदान दिनु बाहेक अन्य खेलाडिले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।

विराटनगरका कप्तान पारस खड्का ५ बलकाे सामना गर्दै १ रन बनाएर कृष्ण कार्कीकाे बलमा शरदबाट क्याच आउट भए भने भैरहवाका लागि माेहम्मद नाभिले सर्वाधिक ४ विकेट लिए ।
अभिनिस बाेहाेर र कृष्ण कार्कीले समान २/२ विकेट लिएको खेलमा शरष भेस्वाकरले १ विकेट लिए ।

लगातार तीन खेलमा जित हासिल गर्दै भैरहवाले ६ अंक बनाउँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाएको छ । पहिलो खेलमा पोखरा राइनोजलाई चार विकेटले हराएको पोखराले दोस्रो खेलमा भने चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको थियो । विराटनगरको भने जारी लिगमा यो पहिलो हार हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको